सोलुखुम्बुमा आगलागीबाट एक घर जलेर नष्ट, ८५ लाख बराबरको क्षति

 कात्तिक ८, २०७६ शुक्रबार ८:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखम्बु – सोलुखुम्बुको तिङलामा एक घर जलेर नष्ट हुँदा ८५ लाख बराबरको क्षति भएको छ । बिहीबार साँझ सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको गञ्जेडाँडाका स्थानीय खड्कबहादुर खड्काको घरमा आगलागी हुँदा ८५ लाख बराबरको क्षति भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहीबार साँझ लागेको आगोले खड्काको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा २ तोला सुन, ६० हजार नगद, करिब ६ सय थान काठपातलगायतको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक (इन्सपेक्टर) उत्तम कार्कीले जानकारी दिनुभयो । प्रहरीले बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।

आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा ठूलो क्षति भएको हो । आगो निभाउनका लागि पर्याप्त श्रोत साधन र जनशक्ति नहुँदा घर पूर्ण रुपमा क्षति भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया