मंगलबारको चर्चा - अस्ट्रेलियामा पर्यटनमन्त्री, खाडीमा कामदार, प्रदेश ३ को नाम र राजधानी कहिले होला वारपार ?

 पुष २२, २०७६ मंगलबार २०:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - डढेलोले वन र वन्यजन्तुको सखाप भएको खबर फैलिएपछि केही दिनदेखि नेपालीको ध्यान अस्ट्रेलियातिर केन्द्रित भैरहेको छ । तर मंगलबार डढेलोको कारण होइन, पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सुरु भएको भ्रमण वर्षको कारण नेपालीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ । मन्त्री भट्टराई सहितको नेपाली टोलीलाई सुरक्षाकर्मीले रोकेको भन्ने खबर डढेलोजसरी फैलिए पनि मन्त्री भट्टराईले यसको खण्डन गर्नुभएको छ ।

अस्ट्रेलियामा पर्यटन मन्त्रीलाई तनाव भैरहँदा खाडीमा रहेका नेपाली कामदार र उनीहरुका परिवार चाहिँ केही दिनदेखि चिन्तामा छन् । अमेरिका र इरानबीचको द्वन्द्व बढेको बेला कुनबेला के हुने हो भन्ने चिन्ता बढेको हो । नेपाली कामदार र उनीहरुका परिवारको चिन्ता हटाउने काम सरकारको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीको चिन्ता भैरहेको बेला सरकारले यो वर्ष ६० हजार जनालाई एक सय दिनको रोजगारी दिने योजना बनाएको छ । 

अनि प्रदेश–३ को नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्न सत्तारुढ नेकपाले फेरि आफ्ना प्रदेश सांसदलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् मंगलबार दिनभरका मुख्य खबर :

केही बदमासले गलत हल्ला फैलाउँदा नेपालकै बेइज्जत भयो : पर्यटनमन्त्री भट्टराई (अडियो कुराकानीसहित)

अस्ट्रेलियामा भ्रमण वर्षकाे 'भव्य शुभारम्भ', केही मिडियाले गलत प्रचार गरे : मन्त्री भट्टराई

प्रदेश ३ को नाम वागमती र राजधानी हेटौँडा नै राख्न नेकपाको फेरि निर्देशन

सम्पादकीय - खाडीको तनाव र नेपाली कामदारको सुरक्षाको चिन्ता

‘खाडीमा कार्यरत नेपाली समस्यामा परे उद्धारका लागि पूरै सरकार लाग्छ’

श्रम मन्त्रालयको तीन महिने योजना : ६० हजारलाई रोजगारी, श्रमिक बैंकको स्थापना

पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बुधबार र बिहीबार काठमाण्डौमा पनि पानी पर्ने

मलेसियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै

गोरुले हानेको बहाना बनाएर दुई बुहारीले गरे सासूको हत्या : अभियुक्तहरु पक्राउ

इलाममा दाजुको कुटाइबाट भाइको ज्यान गयो

आरुबोटे हत्याकाण्ड : घटनास्थल वरिपरि एक्लै हिँडडुल गर्दैनन् मानिस

सुनचाँदीकाे भाउ घट्याे

जुम्लामा कुलोकाे बहु-उपयाेग : सिँचाइ पनि, बिजुली पनि

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको ज्यान गयाे

अमेरिकाले सुलेमानीलाई कसरी ड्राेनकाे निशाना बनायो ?

जेएनयू आक्रमण : छात्र सङ्घकी अध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

ईपीएलको नयाँ सिजनमा विदेशी स्टार खेलाडीहरुकाे सम्भावना : हाशिम आमला लगभग पक्का

नेपाली खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घकाे वरीयतामा १४औँ स्थानमा

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया