पुनर्निर्माणका सिकाई संस्थागत गर्न जोड

 वैशाख १२, २०७७ शुक्रबार २०:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूकम्पको पाँचौँ स्मृति पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका बाँकी काम र कार्ययोजनाबारे भर्चुअल अन्तरक्रिया गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, तीन वटै तहका सरकारहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका कारण पुनर्निर्माणका कामहरु प्रभावित भएको भन्दै ऐनले दिएको सुविधा अनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको बताउनुभयो ।

प्राधिकरण कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण कार्यक्रमको सार, बाँकी मुख्य विषयहरु एवं आउँदो योजना प्रस्तुत गर्नुभएको थियो ।उहाँले घर निर्माणको समयसीमा, शहरी पुनर्निर्माण, सम्पदा पुनर्निर्माण एवं प्राधिकरणद्वारा तयार भएका विभिन्न गुरुयोजना कार्यान्वयन जस्ता विषयहरु उल्लेख गर्नुभयो ।

 प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले बनाएका नियमावली, निर्देशिकाका अन्य अभ्यास आउँदो दिनमा अन्य विपद्हरुको व्यवस्थापनमा उपयोगी हुने धारणा राख्दै सिकाईइहरु संस्थागत गर्न पुनर्निर्माण प्राधिकरणसँग जोडिएर काम गरिरहेको बताउनुभयो ।

अन्तरक्रियामा विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अक्बर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका सहायक आवासीय प्रतिनिधि विजय सिंह, अमेरिकी विकास सहयोग नियोग युसएड नेपालका प्रतिनिधि एन्ड्रयु गोल्डा, भूकम्प प्रविधि राष्ट्रिय समाजका आमोदमणि दीक्षित लगायतले टिप्पणी गर्नुभएको थियो । 

उहाँहरुले प्राप्त सिकाइहरुको संस्थागत स्मरण, अभिलेखीकरण तथा हस्तान्तरणमा ध्यान दिन सुझाव दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया