काठमाण्डौ उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्दै

 भदौ १०, २०७७ बुधबार ७:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्ने भएको छ । तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बस्ने भएको हो ।

पहिला आन्तरिक छलफल गर्ने तयारी भैरहेको र त्यसपछि बैठक बसेर निर्णय गर्ने ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । बैठकले एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको छ । विभिन्न क्षेत्रबाट पनि अझै एक हप्ता थप्नुपर्ने सुझाव आएको पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो ।

यसअघि भदौ ३ गतेराति १२ बजेदेखि लागू हुने गरी काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

काठमाण्डौ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया