फूलपाती बढाइँ प्रतिकात्मक हुने

 कात्तिक ७, २०७७ शुक्रबार ८:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ ।

आज दिउँसो झण्डै आधा घण्टा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम छ । यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । अघिल्ला वर्षहरुमा सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।

कोराेनाको सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुनेहरुलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया