लक्ष्मी पूजा गर्ने क्रममा ठाउँ–ठाउँमा आगलागी, २० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

 कात्तिक ३०, २०७७ आइतबार ८:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार साँझ लक्ष्मी पूजा गर्ने क्रममा देशका विभिन्न ठाउँमा आगलागी भएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगो लाग्दा साढे नाै लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार राति पौने १२ बजे लक्ष्मी पूजा गर्ने क्रममा बिजुली बत्ती शर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडमा रहेको वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । लक्ष्मी पूजा गर्न बालिएको दियाेबाट आगो सल्किँदा आगलागी भएको हो । यस्तै धादिङको धुनबेसी नगरपालिका ४ काे जीवनपुरमा उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा पनि दियोबाट आगो सल्किँदा पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसैगरी भक्तपुरको मध्यपर थिमी  नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा लक्ष्मी पूजा गर्दा बालिएकाे दियोबाट आगो सल्किँदा दुई लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका पनि कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । यी सबै  ठाउँमा लागेको आगो स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया