अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन : बिल र विवरण बुझाउन व्यवसायीलाई निर्देशन

 पुष २१, २०७७ मंगलबार ८:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ ।

बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो । उहाँकाअनुसार सामान आयात गर्दाको सबै बिल र विवरण बुझाउन विभागले व्यवसायीलाई निर्देशन दिएको छ ।

सम्बन्धित व्यवसायीलाई विभागमा बोलाएर  मूल्यवृद्धिबारे छलफल गरेको र सबै बिल तथा विवरण बुझाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

छलफलका क्रममा व्यवसायीले विदेशमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएको तथा केही देशमा मजदुरको आन्दोलनका कारण नियमित आयात गर्न नसक्दा नेपाली बजारमा मूल्य बढेको बताएका छन्  ।  बजारमा अहिले तोरीको तेलबाहेक अन्य तेल र छड तथा सिमेन्टको भाउ बढेको छ ।

विभागले दैनिक चार जटा टोली खटाएर बजार अनुगमन गरिरहेको बताए पनि उपभोक्ताले भने राहत नभएको गुनासो गर्दै आएका छन् ।

 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया