एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन मन्त्रालयको आग्रह, मरेका कुखुरा बेचेको पाइए कारबाही हुने

 माघ १९, २०७७ सोमबार १९:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लुको जोखिम रहेकाले धेरै मात्रामा कुखुरा मरेको र ती मरेका कुखुरा बेचेको पाइए कारबाही गर्ने जनाएको हो । 

मन्त्रालयले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन्, उनीहरुलाई धेरै मात्रामा कुखुरा मरेको पाइए तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ । 

पालिका र सम्बन्धित निकायसँग समन्वय गरि अनुगमन गरिरहेकाले कसैले मरेका कुखुरा बिक्री गरेको पाइए कारबाही गर्ने मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मलले बताउनुभयो । मन्त्रालयले बर्ड फ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरेको पनि उहाँले बताउनुभएको छ । बर्ड फ्लु नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टोली तयार गरेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

काठमाण्डौको तारकेश्वर नगरपालिका–७ मा गरिएको नमुना परीक्षणमा बर्ड फ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना सङ्कलन गरि परीक्षणको दायरा बढाएको जनाएको छ । तारकेश्वरमा पालेका कुखुरा, टर्की र हाँसमा बर्ड फ्लु देखिएको हो । 

नेपालमा देखिएको बर्ड फ्लु भाइरस ‘एच फाइभ एन एट’ रहेको र विगतमा देखिएको ‘एच फाइभ एन वान’ भन्दा कम खतरा रहेको डाक्टर निर्मलको भनाइ छ । कम खतरा भए पनि जोखिम हुन सक्ने भन्दै उहाँले

नियन्त्रणका लागि मन्त्रालयले विभिन्न प्रयोगशाला, आठ वटा क्वरेण्टीन कार्यालय र २४ वटा चेक पोस्टलाई सतर्क रुपमा राखेको पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया