ओलीलाई वामदेव गौतमको आग्रह : ‘गल्ती सच्याउनुस्, पार्टी एकता बचाउनुस्’

 चैत ७, २०७७ शनिबार १७:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि लचिलो बन्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो । 

उज्यालोसँग कुरा गर्दै नेता गौतमले भन्नुभयो, – ‘म आज बैठकमा सहभागी भएर गल्ती सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेँ, आफू लचिलो भएर पार्टी एकता बचाउनुस् भनेँ’ 

यस्तै उहाँले आफूले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिएर अवस्था सहज बनाउनसमेत आग्रह गरेको बताउनुभयो । आफू पार्टी एकताका लागि कसरत गरिरहेको भन्दै उहाँले आफ्नो हठ त्यागेर अगि बढ्नुपर्ने सुझाव बैठकमा राखेको बताउनुभयो ।

यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष गौतम शनिबारको संसदीय दलको बैठकमा भने सहभागी हुनुभएको हो । शनिबारको बैठकमा माधव कुमार नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म आफूहरु बैठकमा सहभागी नहुने र बैठक नै बस्नुपर्ने अवस्था भएमा केन्द्रीय कार्यलय अथवा संसदीय दलको कार्यलयमा राख्नुपर्ने खनाल–नेपाल समूहको अडान छ ।
 

अन्तिम अपडेट: जेठ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया