धारामा आइपुग्याे मेलम्चीकाे पानी, ‘ग्राहक खुसी बनाएर मात्रै महसुल बढाउन साेच्छाैँ’

 चैत १५, २०७७ आइतबार २०:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो प्रतिक्षापछि आइतवारदेखि मेलम्चीको पानी काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । 

अहिले पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पूरा नै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइप लाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ । 
अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।

पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । उहाँले भन्नुभयो, बिस्तारै सबै क्षेत्रमा पानी पठाइनेछ । महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । यस पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने उहाँले जानकारी दिनुभयो ।

पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाण्डाै ल्याउन लागिएको छ । सकेसम्म दैनिक रूपमा विवरण गर्ने लिमिटेडको योजना छ । उहाँले भन्नुभयो, सकेसम्म दैनिक नभए दिन बिराएर पानी ग्राहकले पानी पाउनेछन् ।

अहिले खानेपानीको शुल्क यथावत् नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुसी बनाएर मात्रै महसुल बढाउन सोच्ने उहाँले बताउनुभयो । तोकिएका ठाउँमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उहाँले भन्नुभयो, सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।

निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यसअघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको यस आयोजनाले काठमाण्डाै उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ । आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए ।

पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । यस कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया