काठमाण्डाैमा निषेधाज्ञाकाे पूर्ण पालना भएकाे छ : सीडीओ पराजुली

 जेठ ३, २०७८ सोमबार १७:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । 

साेमवार निषेधाज्ञाको अनुगमन गर्न नागढुङ्गा नाका पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र जाँचलाई पनि कडा बनाइएको बताउनुभएको हो । अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन नचलेको उहाँले दाबी गर्नुभयो ।   

सीडी‌ओ पराजुलीले भन्नुभयो, ‘नियमित रूपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । अहिले नागढुङ्गा नाकामा अत्यावश्यक गाडीबाहेक अरू चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । जाँचलाई कडा बनाइएको अवस्था छ । यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रूपमा नै कार्यसम्पादन भएकाे अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई कारबाही गर्दा ६ लाख रुपैयाँ जरिबाना सङ्कलन गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडी होल्डिङमा परेको अवस्था छ ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टमा अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया