काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि

 जेठ १२, २०७८ बुधबार १४:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ । 

अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो । व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लु पुष्टि भएको हो । 

पक्षी नष्ट र निःसङ्क्रमण विधि सकिएपछि बेलुकासम्ममा विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि विभागले जनाएको छ । यसअघि काठमाण्डाै तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया