फोरमले टुंग्यायो मन्त्री बन्ने २ जनाको नाम, उपेन्द्र यादव स्वास्थ्य मन्त्री बन्ने

 जेठ १८, २०७५ शुक्रबार १४:६:१३ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १८ – संघीय समाजवादी फोरम नेपालले मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएको छ । 

फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राई मन्त्री बन्ने तय भएको हो । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नाम टुंगो लगाएको फोरम नेपालले जनाएको छ । 

यादव यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनिसक्नुभएको छ भने राई श्रम तथा यातायात मन्त्री बनिसक्नुभएको थियो । 

दुवै जनाको सपथ ग्रहण आजै बेलुका राष्ट्रपति भवन शीतलनिवासमा गर्ने तयारी छ । यससंगै मन्त्रीपरिषद अब २४ सदस्यीय भएको छ । फोरमले पाउने एकजना राज्यमन्त्रीको नाम टुंग्याउन बाँकी नै छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • Serzjuv

    Nov. 18, 2022, 3 a.m.

    coin

  •  0 Reply
  • Veronachn

    Nov. 10, 2022, 1:02 a.m.

    Life

  •  0 Reply
  • Viktorifdo

    Feb. 14, 2021, 8:20 a.m.

    Cinema

  •  0 Reply
  •  0 Reply
  • Jannayez

    Feb. 12, 2021, 6 a.m.

    coin

  •  0 Reply
  •  0 Reply
  • Sergasv

    Jan. 16, 2021, 5:28 a.m.

    Novosti

  •  0 Reply

तपाईको प्रतिक्रिया