प्रधानमन्त्रीकाे 'भ्याकेट' निवेदन : सर्वाेच्चले कर्णालीका चार सांसदलाई बाेलायाे

 असार ८, २०७८ मंगलबार १६:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सदस्यलाई अदालत बोलाएको छ । कर्णाली प्रदेश सभाका चार जना सदस्यको पद थमौती गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पनि बोलाएको हो ।

आफ्नै पार्टीको सरकारलाई साथ नदिएर 'फ्लोर क्रस' गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले निलम्बन गरेको थियो । तर जेठ २७ गते सर्वोच्चले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकाे कारबाहीले मान्यता नपाउने भन्दै पुनर्बहाली गरिदिएको थियो । पुनर्बहालीको निर्णयमा प्रधानमन्त्री ओलीले हिजो पुनरावलोकन निवेदन दिनुभएको छ ।

माधव नेपाल पक्षले ओलीको कदमले पार्टी एकता थप बिविथोलिएको प्रतिक्रिया दिएको छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया