गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गयो

 असोज ६, २०७८ बुधबार ७:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु घरको एउटै कोठामा सुतेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । पहिरो हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया