गमगढी : अग्निपीडितले आफन्तकोमा रात बिताए, पीडित परिवारलाई पालिकाले ५० हजार रुपैयाँ राहत दिने

 मंसिर १, २०७८ बुधबार ७:५६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आगलागीका कारण मुगुको गमगढीमा झण्डै ७५  परिवार विस्थापित भएका छन् । २१ घरधुरीसहित आगलागीबाट ७४/७५ परिवार विस्थापित भएको विवरण संकलन भएको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने आज मात्रै आउने छ । अग्नि पीडितलाई आज नगरपालिकाले नगदसहित राहत वितरण गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । आज दिउँसो प्रति परिवारलाई ५०/५० हजार रुपैयाँसहित राहत वितरण गरिने उहाँले जानकारी दिनुभयो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताए पनि हिजो उहाँ प्रभावित क्षेत्रमा पुग्नु भएन । उहाँ आज गमगढी जाने तयारीमा रहेका पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।  

हिजो अग्नि पीडितलाई रेडक्रसले  त्रिपाल वितरण गरेको थियो । आगलागीका कारण बास गुमाएका धेरैजसोले गएको रात आफन्तकोमा बसरे बिताए भने केही त्यहाँ नजिकै रहेका घरमा डेरा खोज्न पुगेका थिए । हिजो राति १२ बजेदेखि लागेको आगोका कारण  गमगढीका २१  वटा घरमा पुरै क्षति भएको छ । स्थानीयबासिन्दा, सेना र प्रहरी तत्कालै आगो निभाउन जुटेकाले मध्यराति आगलागी भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । स्थानीय ठिल्ले लामाको घरमा पूजाका लागि बालिएको दियोबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया