कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिकाे घाेषणा, यस्ताे छ प्रतिबद्धता पत्र

 मंसिर ९, २०७८ बिहीबार १५:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।

काठमाण्डौको नयाँ बानेश्वरमा आज बिहीवार एक कार्यक्रम गरेर निधिले औपचारिक रूपमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने र देशलाई समृद्धिकाे दिशामा लैजानका लागि आफ्नो नेतृत्व आवश्यक रहेको पनि दाबी गर्नुभएको छ ।

आफ्ना योजना र प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएका निधिले नेपाली कांग्रेस मूल पार्टी र विभिन्न भातृ सङ्गठनमा अहिले देखिएको भद्रगोल अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । आउँदो चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने तथा पार्टी रूपान्तरण र पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने पनि निधिको प्रतिबद्धतामा उल्लेख छ । 

यस्ताे छ निधिकाे घाेषणा पत्र–

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया