नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा आयाे

 पुष १४, २०७८ बुधबार १६:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी आज बुधवारदेखि सञ्चालनमाआएको छ ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति गरिनेछ ।  

यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, पोखराबाट त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भइ उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउनेछन् भने चुहावटसमेत घट्नेछ ।

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इन्डियाको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको नयाँ मोदी–लेखनाथ आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्ड प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । सन् २०१८ जुलाई २१ देखि सुरु भएको यस आयोजनाको लाहाचोक–लेखनाथ खण्डमा भने स्थानीयवासीको अवरोधका साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया