उडिरहेको विमानमा एक महिलामा कोरोना पुष्टि भएपछि ‘५ घण्टा शौचालयमा आइसोलेशन’

 पुष १६, २०७८ शुक्रबार १७:३४:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाको शिकागो राज्यमा उडिरहेको विमानभित्र एक अमेरिकी शिक्षकमा कोरोना पुष्टि भएपछि यात्रा अवधिभर शौचालयमा एक्लिएर बसेको घटना सार्वजनिक भएको छ । ती महिलाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड–१९ पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा बसेको बताएकी छिन् । शिकागोबाट आइसल्यान्डका लागि उडेको विमानमा यात्रा अवधिभर ती महिला स्वेच्छिक रूपमा शौचालयमा आइसोलेशनमा बसेकी हुन् । 

अमेरिकी राज्य मिशिगनकी एक महिला शिक्षिका मरिसा फोटियोले गएको डिसेम्बर २० मा विमानमा यात्रा गरिरहँदा घाँटीमा दुख्न थालेपछि र्‍यापिड कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । ‘रिपोर्ट आएपछि म शौचालयमा गएँ र यात्रा अवधिभर त्यहीँ बसेँ’, उनले भनिन् ।

ती महिला शिक्षिका फोटियोले उडानअघि कोभिड–१९ परीक्षण गरेको बताइन् । दुई आरटी–पीसीआर र पाँच र्यापिड परीक्षणपछि पनि कोरोना रिपोर्ट नेगेटिभ आएको र उडानमा डेढ घण्टा बिताएपछि घाँटी दुख्न थालेपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । त्यसपछि उनले शौचालयमा आइसोलेशनमा बस्ने बताएकी थिइन् । शौचालयको बाहिर एक सूचना पनि टाँसिएको थियो । उडान अवतरणपछि फोटियो सबैभन्दा अन्तिममा बाहिर निस्किइन् । 

आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा एउटा भिडियो राखेकी छिन् जसलाई ४० लाखभन्दा धेरै पटक हेरिएको छ । साथै उनले आफूलाई सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा पनि गरेकी छिन् । विमान परिचारिकाले आफूलाई बेलाबेला चाहिने खाना, पिउने पदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरेकाे उनले बताइन् ।

फोटियोले कोरोनाविरुद्धको खोप लगाएकी थिइन् । यति हुँदा पनि उनी कोरोना सङ्क्रमित भइन् । शिक्षक भएको नाताले उनी खोप नलगाएका मान्छेका बीचमा पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा उनले पटक–पटक कोरोना परीक्षण गरिरहनुपर्छ । 

आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छिन् । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया