केएमसीले बढी शुल्क लिएकाे भन्दै विद्यार्थीकाे प्रदर्शन

 पुष २१, २०७८ बुधबार १९:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) ले चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । 

केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीले आज बुधवार काठमाण्डाैकाे माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका छन् । 

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘अतिरिक्त शुल्क खारेज गर’, ‘आयोगको नियम लागू गर’, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर’ लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया