एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बाेर्डकाे आग्रह

 पुष २४, २०७८ शनिबार १७:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विषयमा अहिले छलफल भैरहेको र केही समयमै टुङ्गोमा पुग्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्यालेण्डर अनुसार चैत महिनामै हुनुपर्ने एसईईको बारेमा अझै निर्णय नहुनु र खारेज हुने हल्ला चल्नुले विद्यार्थीमा अन्योल छ । अध्यक्ष शर्माले एसईई खारेज नहुने भएकोले ढुक्क भएर तयारी गर्न अनुरोध गर्नुभयो । राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘आधारभूत तह अर्थात कक्षा ८ को अन्त्यमा हुने परीक्षा पालिका, कक्षा १० को अन्त्यमा हुने परीक्षा प्रदेश र कक्षा १२ को अन्त्यमा हुने परिक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण संघीय सरकारले गर्ने व्यवस्था मिलाइने भनिएको छ । 
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • bikash uperkoti

    Jan. 9, 2022, 5:39 p.m.

    कोरोना बढेकोछ ..कसले जिम्मा लिन्छ ? हामीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया