ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा 'डिस्पोज', बिहानदेखि रोकिएका गाडी सञ्चालनमा

 फागुन ६, २०७८ शुक्रबार ८:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सेनाको बम डिस्पोजल टोलीले काठमाण्डौको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।

बिहान दुई वटा जेब्रा झोलामा भेटिएको शङ्कास्पद वस्तु केहीबेर अघि सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । शङ्कास्पद वस्तु प्रेसरकुकर बम भएको आशङ्का गरिए पनि सार्वजनिक गरिएको छैन ।  

शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै बिहानदेखि रोकिएका गाडी अहिले चल्न थालेका छन् । बिहान  यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको थिएन ।  लामो समयसम्म गाडी रोकिएकाले कलङ्की, कालीमाटी, थानकोट लगायतका क्षेत्रमा गाडी चापमा चलिरहेका छन् ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडा पारिएको थियो । शङ्कास्पद वस्तु कसले राख्याे भन्नेबारे भने खुलेकाे छैन । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया