टी–२० विश्वकप छनोट : क्यानडासँग हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना

 फागुन ७, २०७८ शनिबार १६:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै नेपाल आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिकै पुगेको छ । आज फिलिपिन्सलाई ठूलो अन्तरले हराएको नेपाल चार अंकसहित शीर्ष स्थानमा छ ।

नेपालको रनरेट पनि ४ दशमलव ३७५ रहेको छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ अंक छ भने रनरेट २ दशमलव ५१२ रहेको छ । तेस्रो स्थानको ओमानको पनि २ अंक नै छ तर रनरेट माइनस ५६३ रहेको छ । फिलिपिन्स बाहिरिसकेको छ ।

अब हुने खेलमा नेपालले क्यानडालाई हराएमा समूह विजेता बन्नेछ । तर क्यानडासँग सामान्य अन्तरको हारले पनि नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न अब क्यानडा र ओमानले आफ्ना खेल जितेर मात्र हुनेछैन रनरेट पनि उच्च हुनुपर्नेछ । ओमानले फिलिपिन्सलाई निकै ठूलो अन्तर र क्यानडाले पनि नेपाललाई निकै ठूलो अन्तरले हराएर नेपालको भन्दा राम्रो रनरेट बनाए भने नेपाल बाहिरिनेछ । तर नेपालको रनरेट ४ दशमलव ३७५ रहेकाले सेमिफाइनलको सम्भावना उच्च रहेको छ ।

ग्लोबल छनोटमा ८ वटा देश दुई वटा समूहमा छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया