राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनलमा

 चैत ११, २०७८ शुक्रबार १९:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । 

आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । याे खेलमा आर्मीका मानबहादुर श्रेष्ठ 'म्यान अफ द म्याच' भए । 

आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई तीन–दुईको सेटले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो । पाँचाैँ सेट १५–१२ ले जित्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो । याे खेलमा पुलिसका रविन चन्द 'म्यान अफ द म्याच' भए । 

फाइनल खेल भाेलि शनिवार नै हुनेछ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टाेलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया