आयात प्रतिस्थापन नगरि मूल्यवृद्धिकाे समस्या हल गर्न सकिँदैन : पुष्पा भुसाल

 जेठ २०, २०७९ शुक्रबार १३:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब नागरिक मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली नागरिक पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा पर्नुपरेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधि सभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले आयातित वस्तुहरूको प्रतिस्थापन नगरि मूल्यवृद्धिको समस्या हल गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूल्यवृद्धिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । अन्तर्राष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महँगीको मारमा नेपाली जनता परेका हुन् । आयातित वस्तुहरूले नेपालमा महँगी बढ्ने भएकाले यस्ता कुराहरूलाई नियन्त्रण गर्नेतिर सरकारकाे ध्यान जानुपर्छ । ऊर्जा उत्पादनमा बढी भन्दा बढी ध्यान दिएर औद्योगिकीकरणतिर गएर पेट्रोलियम पदार्थकाे आयात प्रतिस्थापन गर्नेतिर पनि सरकार गम्भीर बनाेस् ।’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउनुभयो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया