सङ्घ र प्रदेशको चुनावको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

 साउन ६, २०७९ शुक्रबार १६:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घ र प्रदेश सभाको चुनावको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ । 

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज शुक्रवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम चुनावका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार चुनावको तयारीमा जुटिरहेको छ । चुनावलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’ उहाँले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयोे ।     

प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूूर्ण रहेको छ ।’ कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले सत्य–तथ्य सूचनाले मात्रै देशको विकास हुने उल्लेख गर्नुभयो ।  

लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया