स्थानीयवासीकाे अवराेधकै बीच फाेहर बाेकेका १ सय ८६ वटा गाडी बञ्चरेडाँडा पुग्याे

 साउन ३१, २०७९ मंगलबार १९:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्थानीयवासीको अवरोधकै बीच आज मङ्गलवार फोहर बोकेका एक सय ८६ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् ।

काठमाण्डौ उपत्यकाको फोहर थुपार्दै आएको बञ्चरेडाँडाका बासिन्दाले अवरोध गरेपछि प्रहरी परिचालन गरेर एक सय ८६ वटा गाडी ल्यान्डफिल्ड साइटमा पुर्‍याएकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।

स्थानीयवासी फोहरका गाडी रोक्न र प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोज्दा आज दिनभर बञ्चरेडाँडा तनावपूर्ण रह्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

केही दिनयता स्थानीयवासीले अवरोध गरेपछि सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने गरिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया