अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, अहिलेसम्म कहाँ–कहाँ चल्यो डोजर ?

 भदौ ८, २०७९ बुधबार १३:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।

अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर हटाइएको हो । महानगरले आज सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएका पसल पनि भत्काएको छ ।

यस्तै न्युरोडको आरबी कम्प्लेक्समा पनि नक्सामा उल्लेख भएभन्दा बाहिरका संरचना महानगरले हटाइदिएको छ । महानगरले आजै न्युरोडको रञ्जना गल्लीमा रहेका अवैध पसल र संरचनामा पनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि सहयोग गरिरहको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डसहितको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेको भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dp belbase

    Aug. 24, 2022, 2:02 p.m.

    एकदम राम्रो काम नियम ठुला साना सबैलाई बराबर हुनुपर्छ 👍️👍️

  •  0 Reply

तपाईको प्रतिक्रिया