यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि

 असोज २८, २०७९ शुक्रबार ७:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ।

परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने बोर्डले जनाएको छ।

बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन हुनेछ । प्रयोगात्मक परीक्षाको अङ्क र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पूरक परीक्षा २०८० को साउन अन्तिम हप्तामा हुनेछ।

बोर्डले यसअघि कक्षा ११ र १२ को पनि वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया