दिल्ली जान लागेको निगमको विमान विमानस्थलले रोक्यो

 कात्तिक १३, २०७९ आइतबार १४:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो ।

आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डाैबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताउनुभयो । बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेको ठाकुरले बताउनुभयो । बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया