विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुल्यो, अब ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने

 कात्तिक ३०, २०७९ बुधबार १६:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।

ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो ।

अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ । मिडिया हबले नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर फुटबलको लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ ।

विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया