मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने

 मंसिर ३, २०७९ शनिबार १५:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – के तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको छ । 

यस्तै प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरुको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गर्नुभयो । 

उहाँले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया