पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज : चार दशकदेखिको सपना पूरा हुँदै

 पुष १७, २०७९ आइतबार ६:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो ।

भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाउने तयारी छ । विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रहसहित आज बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । उद्घाटनका दिन आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विमानस्थलको उद्घाटनको दिन आजदेखि नै सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् । यसअघि बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत गरिसकेका छन् । २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि २०७३ सालमा विमानस्थलको शिलान्यास गरेर २०७४ सालदेखि निर्माण सुरु भएको हो ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया