बौद्धस्थलमा दर्शनार्थीको भिड (तस्बिरसहित)

 वैशाख २२, २०८० शुक्रबार ११:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुद्धजयन्तीकाे अवसरमा आज देशभरका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य लगायतमा दर्शनार्थीकाे भिड लागेकाे छ । 

आज बुद्ध जन्मस्थल लुम्बिनी, काठमाण्डाैकाे स्वयम्भू, बौद्ध स्तूप, चाबहिलमा रहेकाे चारुमति विहार, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेकाे हाे । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप बुद्ध जयन्ती मनाउने गरिन्छ । 

नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभएको थियो।

यसैबीच, बुद्ध जयन्तीकाे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

बुद्ध जन्मस्थल लुम्बिनीमा निकालिएको शान्ति र्यालीमा सहभागीहरु ।

भक्तपुरको बोडेमा रहेकाे धर्मचक्र विहारमा शान्ति पाठ गर्दै लामाहरु ।

बोडेकाे धर्मचक्र विहारमा पूजाअर्चना गर्दै भिक्षु ।

स्वयम्भूमा रहेकाे भगवान गौतम बुद्धको प्रतिमामा पूजा आराधना गर्न आएका भक्तजन ।

 स्वयम्भूमा अवस्थित गौतम बुद्धको प्रतिमा दर्शन गर्दै भक्तजन ।

 पर्यटनमन्त्री सुदन किराती लुम्बिनीमा आयोजित २५६७औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० को शान्ति र्या‍लीमा सहभागी।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया