२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल म्यानमारसँग ५ गोलले पराजित

 जेठ २३, २०८० मंगलबार १९:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । नेपाल म्यानमारसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

छनोटको समूह ‘बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको छ, अबका हरेक खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।

उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया