रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुल्यो

 असार १८, २०८० सोमबार ७:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : भरतपुर सडक डिभिजन कार्यालय

काठमाण्डाै - गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । सडक बिहान सवा सात बजेदेखि खुलेको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ । तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।

हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियोे । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया