नेपालले आयरल्यान्डसँग पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

 असार १८, २०८० सोमबार १७:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले आईसीसी एकदिवसीय विश्वकप छनाेटकाे अन्तिम खेलमा भाेलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल दिउँसाे पाैने १ बजे हरारेमा शुरु हुनेछ । 

नेपालले सातौँ स्थानका लागि हिजाे भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । याे नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेकाे तेस्राे खेल हाे । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेकाे छ ।

नेपाल विश्वकप छनाेटमा समूह 'ए' बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि 'सुपर सिक्स' मा पुग्न सकेको थिएन । 'सुपर सिक्स' का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया