बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि

 असार ३१, २०८० आइतबार १९:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।

आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाकाे ठाउँमा मैदान छिरेकी थिइन् । अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाकाे प्रहार राेकिन् । यद्यपि उनले पेनाल्टी शुटआउटमा गाेल गर्न सकिनन् । नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही रअनिता केसीले गाेल गरे ।

यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए ।

याेसँगै नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे साफ च्याम्पियनशिपकाे फाइनलमा हारेकाे बदला लिएकाे छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tek Bahadur bk

    July 17, 2023, 9:43 a.m.

    Dherai2 badhai tatha uttarottar safalatako lagi shubhakamana xa team Nepal 💐💐💐💐💐

  •  0 Reply

तपाईको प्रतिक्रिया