एसीसी इमर्जिङ कप : समूह 'ए' बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा

 साउन २, २०८० मंगलबार २०:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का 'ए' ले ओमान 'ए' लाई २ सय १७ रनकाे फराकिलाे अन्तरले हराएकाे छ । 

श्रीलङ्काले दिएकाे २ सय ६० रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयाे । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमाेद मदुशन र लाहिरु समाराकूनले २/२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाए । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन बनाए । बलिङतर्फ अकिब इलियासले ४ विकेट लिए । 

याे जितसँगै श्रीलङ्का ३ खेलमा ४ अङ्कसहित समूह 'ए' काे शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेकाे छ । ३ खेलमा १ अङ्क पनि जाेड्न नसकेकाे ओमान यसअघि नै प्रतियाेगिताबाट बाहिरिइसकेकाे थियाे ।

यस्तै आजै भएकाे अर्काे खेलमा बङ्गलादेश 'ए' ले अफगानिस्तान 'ए' लाई २१ रनले हराएकाे छ । 

बङ्गलादेशले दिएकाे ३ सय ९ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्याे । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र साैम्य सरकारले २/२ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायाे । बङ्गलादेशका महमुदुल हसन जाेएले शतक बनाए । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।

याे जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह 'ए' काे दाेस्राे स्थानमा रहँदै सेमिफाइनलमा पुगेकाे छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

यस्तै समूह 'बी' बाट भारत र पाकिस्तानकाे 'ए' टाेली सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया