जारको पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक उद्योग सिल

 साउन १८, २०८० बिहीबार १७:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।

अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा गएको थियो । त्यस क्रममा पनि फोहोर पानी भेटिएपछि पानी उत्पादन केन्द्रमा बिक्री/बितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया