काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

 साउन २३, २०८० मंगलबार ९:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ ।

काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ । 

बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८०

तपाईको प्रतिक्रिया