न्युजिल्यान्ड र यूएई आज तेस्रो तथा निर्णायक टी-२० खेल्दै

 भदौ ३, २०८० आइतबार ११:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्ड र यूएईबीचको तेस्रो तथा निर्णायक टी-२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा शुरु हुनेछ ।

तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ । हिजो भएको दोस्रो टी–२० मा घरेलु टोली यूएईले ऐतिहासिक जितकासाथ शृङ्खला बराबरी गरेको हो । दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।

पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो । तर उसका धेरै खेलाडी द हन्ड्रेड लिग खेल्न बेलायतमा रहेकाले धेरै नयाँ खेलाडी टोलीमा छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया