इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी, कन्वे र मिचेलको शतक

 भदौ २३, २०८० शनिबार ६:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । ओपनर डेभन कन्वे र डर्याल मिचेलले शतक बनाएको खेलमा घरेलु टोलीलाई हराउँदै न्युजिल्यान्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका डर्याल मिचेल १ सय १८ रनमा र डेभन कन्वे १ सय ११ रनमा अविजित रहे । विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए ।

इङ्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले एक/एक विकेट लिए । त्यसअघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । उसका चार खेलाडीले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन ।

कप्तान जस बटलरले सर्वाधिक ७२ रन बनाए । डेविड मलानले ५४ रन जोडे । त्यस्तै, बेन स्टोक्स र लियाम लिभिङ्स्टोनले समान ५२ रनको अर्धशतकीय पारी खेले । न्युजिल्यान्डका रचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए । दोस्रो एकदिवसीय खेल भोलि साउथह्याप्टनमा हुनेछ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया