कोशी अस्पतालले 'मोबाइल अस्पताल एप' सञ्चालनमा ल्यायाे

 भदौ २४, २०८० आइतबार २०:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा 'मोबाइल अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।

यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् ।यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनुपर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एपमार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया