नेपाली टोलीको प्रदर्शन जस्तो सुकै भए पनि समर्थकको उत्साह र हौसलामा कमी आएन : कप्तान राेहित

 असार ३, २०८१ सोमबार १७:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अटल समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान बङ्ग्लादेशसँगकाे खेलमा पराजित भएपछि भएको पत्रकार सम्मेलनमा रोहितले विश्वको जुनसुकै कुनामा गए पनि नेपाली समर्थकले हौसला दिएको भन्दै भावुक पनि बनेका छन् । नेपाली टोलीको प्रदर्शन जस्तो सुकै भए पनि समर्थकको उत्साह र हौसलामा कमी नआएको भन्दै उनले धन्यवाद दिएका छन् ।

दक्षिण अफ्रिकासँगको खेल १ रनले हारेपछि मैदानमा धेरै दर्शक रोएको भिडियो आफूले हेरेको र यो दृष्यले निकै दुःखी बनाएको कप्तान रोहितको भनाइ छ । ‘हाम्रा फ्यानहरूप्रति धेरै आभारी छौँ, अहिले हामीले गुमाएको उपहार भविष्यमा पुनः प्राप्ति गरेर समर्थकहरूलाई दिनेछौँ’, उनले भने ।

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको तर विश्वस्तरमा आफ्नो रणनीति र भूमिकामा अझै स्पष्टता आवश्यक रहेको कप्तान पौडेलले बताएका छन् ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया