गैरकानुनी कामदारलाई युएईले दियो ३ महिनाको आममाफी

 असार ७, २०७५ बिहीबार १५:१:५८ | उज्यालो सहकर्मी

युएई –  युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ ।

गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन् र स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि कुनै शुल्क र जरिवाना नलाग्ने युएईले जनाएको छ । 

आममाफी सम्बन्धी सर्वजनिक चासो सुनुवाइका लागि टोल फ्रि नम्बर राखिने र त्यही नम्बरमा फोन गरेर यसको प्रक्रियाका बारेमा बुझ्न सकिने गल्फ न्युजले जनाएको छ । 

आमामाफीको समय आउने अगष्ट १ देखि सुरु हुनेछ । ‘प्रोटेक्ट योरसेल्फ, भिसा रेक्टिफाइङ योर स्ट्याटस’ कार्यक्रम चाँडै ल्याउने पनि युएईले जनाएको छ ।

युएईको मन्त्रीपरिषदका निणर्यलाई कार्यान्वयन गर्दै युएईले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकका लागि आममाफीको अवसर ल्याएको हो । गएको हप्ता युएईको मन्त्री परिषदले श्रम नियममा भएको सुधारलाई अनुमोदन गरेको थियो । 

जस अन्तर्गत युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने, स्वेच्छले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने कुरा समावेश थिए । 

यसअघि युएईले गरैकानुनी रुपमा बस्ने विदेशी नागरिकलाई सन् २०१३ मा पनि दुई महिनाको आममाफी दिएको थियो । दुई महिनाको अवधिमा झण्डै ६२ हजार जनाले फाइदा लिएका थिए ।  

याे पनि पढ्नुहाेस् 

युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने

युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया