क्यालिफोर्नियामा आगलागी: दशौँ लाख नागरिक बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने

 कात्तिक १०, २०७६ आइतबार ८:०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकाको क्यालिफोर्नियाका दशौँ लाख नागरिक बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी दिइएको छ  ।

क्यालिफोर्नियाको जङगलमा सल्किएको आगो निभाउने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ । त्यहाँको मौसम विज्ञान विभागले क्यालिफोर्नियामा ठूलो हावाहुरी आउन सक्ने पूर्वानुमान गरेकाले आगो झन् फैलन सक्ने भएका कारण क्यालिफोर्निया राज्यका ३६ वटा स्टेशनमा बिजुली आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकल क्यालिफोर्नियालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

हावाहुरीले विद्युतीय पूर्वाधारमा नोक्सानी पुर्‍याउने हुनाले नयाँ ठाउँमा आगलागी हुन सक्ने खबरमा उल्लेख छ । तीव्र गतिको हावाहुरीका कारण  विभिन्न वनमा आगो सल्किएपछि क्यालिफोर्नियाका झण्डै ५० हजार मानिसहरू घर छोडेर सुरक्षित ठाउँमा सरिसकेका छन् । लस एन्जलस र सोनोमा काउन्टीमा आपतकाल घोषणा गरिएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया