चीन बाहिर नयाँ काेराेना भाइरस फेरि उत्पादन गर्ने अस्ट्रेलिया पहिलाे देश

 माघ १५, २०७६ बुधबार ९:४४:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस उत्पान गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भाइरस बनाएकाे वैज्ञानिकहरुले जनाएका छन् । 

वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएकाे सञ्चारमाध्यमले बताएका छन् । यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइरस बनाएका थिए । तर चीनले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई भाइरस नै उपलब्ध नगराएर भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएको थियो ।  

चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ । अस्ट्रेलियाले याे खाेजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी गरेको छ । यो भाइरसको सहयोगले काेरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् । 

कुनै पनि रोगको उपचारका लागि वैज्ञानिकहरुले त्यही रोगको भाइरस उत्पादन गरी औषधि तथा उपचारको विधि तयार गर्ने गर्छन् । 

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म एक सय ३२ जनाकाे ज्यान गैसकेको छ भने झण्डै ६ हजार भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भैसेको छ । चीन बाहिर पनि विभिन्न १६ वटा देशमा गरी कम्तीमा ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । 

यसबैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन 'दुष्ट भाइरस' सँग लडिरहेको भन्दै लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोमसँगकाे भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको जानकारी गराएका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया