भिटामिन 'डी' को कमी भएकाहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढी भएको एक अध्ययनको निष्कर्ष

 वैशाख २८, २०७७ आइतबार १५:३२:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - बेलायतका अनुसन्धानकर्ताहरुले यूरोपका २० देशहरुमा भिटामिन डी कम भएकाहरुमा कोभिड-१९को सङ्क्रमण र मृत्युदर बढी भएको निष्कर्ष निकालेका छन् ।

यसअघिका अनुसन्धानहरुले भिटामिन डी को कमीले श्वासनलीको सङ्क्रमण हने देखाएका थिए । अनुसन्धान कार्यका प्रमुख बेलायतको अञ्जिला रस्किन विश्वविद्यालयका डा. ली स्मिथले भने, हामीले यूरोपका २० राष्ट्रहरुमा भिटामिन डी को औसत लेबल र कोभिड १९ सङ्क्रमण तथा मृत्युदरमा सम्बन्ध रहेको पाएका छौँ ।

अनुसन्धाताहरुका अनुसार भिटामिन डी ले श्वेत रक्त कोषहरुलाई शरीरका अंग धेरै सुन्निन मदत गर्नेै साइटोकिन उत्पादन गर्न रोक लगाउने काम गर्छ । कोभिड १९ भाइरसले शरीरका अंग धेरै सुन्निन मदत गर्ने साइटोकिनहरु अत्यधिक मात्रामा निकालिदिन्छ ।

इटली र स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या अध्यधिक रह्यो र भर्खरै एजि क्लिनिकल एण्ड एक्पेरिमेण्टल रिसर्च नामक जर्नलमा प्रकाशित भएको तथ्यअनुसार दुवै देशका मानिसमा उत्तरी यूरोपमा अरु देशभन्दा भिटामिन डीको औसत मात्रा कम रहेको पाइएको छ ।

यी देशका प्राय वृद्धवृद्धाले छालामा समस्या आउने डरले राम्ररी घाममा नबस्ने तथा मानिसहरु गोरा भएका कारण छालामा गोरोपनको लागि पनि शरीरको भिटामिन प्रयोग हुने भएकोले पनि भिटामिन डी को कमी भएको हुनसक्ने अध्ययनमा उल्लेख छ । 

मछाको तेल र भिटामिनका गोली भिटामिन प्रशस्त प्रयोग गर्ने तथा घामलाई कमै बेवास्ता गर्ने भएकाले भिटामिन डी को सर्वाधिक औसत मात्रा उत्तरी यूरोपमा पाइने गर्दछ । यूरोपका देशहरुमध्ये स्क्याण्डिनेभिएन राष्ट्रहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्यु दर सबैभन्दा कम छ ।

स्मिथ भन्छन्, ‘भिटामिन डी ले श्वासप्रश्वासको सङ्क्रमणबाट जोगाउँछ, त्यसैले भिटामिन डी को कमी हुने उमेर समूहका वृद्धवृद्धालाई कोभिड १९ ले नराम्ररी सङ्क्रमित गरेको छ ।’

यसअघि गरिएको अध्ययनअनुसार विशेषगरी अस्पताल वा केयर होमजस्ता संस्थामा रहेका वृद्धवृद्धाामा भिटामिन डी को कमी भएको पाइएको छ ।

स्मिथले अगाडि थप्नुभयो, ‘हामी कोभिड १९ बाट विभिन्न चरणको सङ्क्रमण भएका व्यक्तिहरुमा भिटामिन डी को मात्रा के कस्तो छ त्यसको विस्तृत अध्ययन गर्न सुझाउँछौँ ।’

यसै सम्बन्धमा क्वीन एलिजावेथ हस्पिटलको किंग्स एनएचएस फाउण्डेशन टस्टको युरोलोजी विभाग प्रमुख पेत्रे क्रिश्टियन इलाईले भने, ‘हाम्रो अध्ययनमा थुप्रै सीमा भने छ किनकि प्रत्येक देशका सङ्क्रमितको संख्या परीक्षण गरिएको कुल संख्यामा आधारित छ भने विभिन्न देशले सङ्क्रमण फैलिन नदिन विभिन्न खाले उपायहरु अपनाएका छन् ।’

न्युट्रीएण्ट्स नामक जर्नलमा अघिल्लो महिना छापिएको लेख अनुसार भिटामिन सी, डी र अन्य पोषक तत्व भएका खानेकुरा वा औषधीका गोलीहरु रोग प्रतिरोधात्मक क्षमता बढाएर कोभिड १९ तथा अन्य श्वासप्रश्वासजन्य रोगहरुसँग लड्न मदत पुर्याउने कम खर्चिलो तरिका भएकोले अनुसरण गर्न सुझाइएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया