जो बाइडेनले एरिजोनामा जित्नुले के फरक पार्छ ?

 कात्तिक २८, २०७७ शुक्रबार २०:१५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले एरिजोना राज्यमा पनि जितेका छन् । एरिजोनामा ११ इलेक्टोरल कलेज भोट छ र जितसँगै जो बाइडेन र डोनाल्ड ट्रम्पको बीच भोटको अन्तर अझ धेरै भएको छ । 

यसअघि नै बहुमतको आँकडा हासिल गरिसकेका जो बाइडेनले एरिजोनामा जितेसँगै उनको इलेक्टोरल भोट दुई सय ९० भएको छ ।  

बाइडेनका प्रतिद्वन्द्वी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय १७ सिट जितेका छन् । 

अमेरिकामा राष्ट्रपतीय चुनाव जित्न र सरकार बनाउनको लागि दुई सय ७० इलेक्टोरल कलेज भोटको आवश्यकता हुन्छ । 

यस आधारमा जो बाइडेन यो चुनाव पहिले नै जितिसकेका छन् । यस्तोमा एरिजोनाको ११ इलेक्टोरल कलेज भोट प्राप्त गर्दा कति फरक पर्छ ?

जानकारहरुका अनुसार अब एरिजोनामा जित्नु कुनै ठूलो कुरा होइन । 

ध्यान दिनुपर्ने कुरा के छ भने एरिजोनामा बाइडेन ११ हजार भोटको अन्तरले विजयी भएका छन्, जसलाई ठूलो जित भन्न मिल्दैन । 

तर एरिजोनामा सन् १९९६ को चुनावपछि डेमोक्रेट्सले कहिल्यै यसरी भोट पाएको थिएन । सन् २०१६ मा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले यहाँ ठूलो जित हासिल गरेका थिए तर यस पटक अवस्था बदलियो र यो ल्याटिन अमेरिकी मतदाताहरुको मनस्थितिका कारण भएको हो ।  

एरिजोनामा डेमाक्रेट्सको जित, जो बाइडेन र कमला ह्यारिसको लागि राजनीतिक धरातल अझ बलियो भएको छ किनकि डोनाल्ड ट्रम्पसमेत केही रिपब्लिकन नेता अझै पनि चुनावको नतिना स्वीकार्न तयार भइसकेका छैनन । 

जो बाइडेन अब डोनाल्ड ट्रम्पभन्दा राष्ट्रियस्तरमा झण्डै पाँच करोड ३० लाख मतले अघि छन् । 

तस्बिर : एजेन्सी

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया